दशकपछि पुन: खुल्दै सौगात र बिपिन जस्ता कलाकार जन्माउने ‘गुरुकुल’

नेपालभ्युज

दशकपछि पुन: खुल्दै सौगात र बिपिन जस्ता कलाकार जन्माउने ‘गुरुकुल’

काठमाडौं। अहिले नेपाली चलचित्र क्षेत्रमा स्थापित कलाकारहरू जन्माउने गुरुकुल थिएटर एक दशकपछि पुन: खुल्ने पक्का भएको छ। सौगात मल्ल, बिपिन कार्की, प्रविण खतिवडा, कमलमणि नेपाल, सरिता तिवारी लगायतका सफल कलाकार जन्माउने गुरुकुल सन् २०११ देखि बन्द भएको थियो।

कलाकार, निर्देशक तथा नाट्य क्षेत्रका गुरु सुनिल पोखरेलले २०५९ मा गुरुकुल थिएटरको स्थापना गरेका थिए। त्यसको एक दशकपछि जग्गाधनीसँग कन्ट्र्याक्ट सकिएपछि बन्द भएको थियो। भवन भत्काइयो, भाडाको जग्गामा रहेको पुरानो बानेश्वर हाइटमा रहेको थिएटर छोड्नुपरेपछि गुरुकुलको नियमित नाटक मञ्चन बन्द भएको थियो।

एउटा ढोका बन्द भएपछि अर्को ढोका खुल्छ भने जस्तै त्यसपछि रंगकर्मीको टिम मिलेर नेपाली चलचित्रको ‘ट्रेन्ड ब्रेक’ गर्ने चलचित्र लुट बनाए। कमलणि नेपाल टेलिसिरियल भद्रगोल निर्माणमा लागे भने थुप्रै रंगकर्मी ठूलो पर्दातर्फ मोडिए र अन्तत: स्थापित पनि भए।

गुरुकुलको आफ्नो जग्गा नभएका कारण पुन: जाग्न सकेन। सुनिलले सरकारसँग पटक-पटक आग्रह गर्दा पनि थिएटर पुन: उठ्न सकेन र बन्द भयो। तर अहिले काठमाडौं महानगरपालिकाले थापागाउँस्थित कुञ्ज थिएटरको एक वर्षका लागि भाडा तिरिदिने भएपछि पुन: ३० पुसदेखि सुनिलको शिक्षणमा थिएटर खुल्न लागेको हो।

३० पुसदेखि ‘डल्स हाउस’ मञ्चन गर्ने र त्यसपछि ‘पुतलीको घर’, ‘अग्निको कथा’ लगायतका नाटक क्रमश: मञ्चन गर्दै जाने योजना बनाएको निर्देशक पोखरेलले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved