नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि

ओमिक्रोन पुष्टि भएका ९२ वर्षीय वृद्ध आफ्नै घरमा आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिइन्।

नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि

काठमाडौं।  नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि भएको छ। नियमित जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

ओमिक्रोन पुष्टि भएका ९२ वर्षीय वृद्ध आफ्नै घरमा आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिइन्। यसअघि दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो। उनीहरु दुबै अहिले संक्रमणमुक्त भइसकेका छन्।

गत २४ घण्टामा कूल सात हजार २३३ नमूनाको पीसीआर परीक्षण गर्दा २१७ जना सङ्क्रमित भएका पाइएको छ। चार हजार ४३ जनाको एन्टिजीन परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ।

त्यसैगरी पछिल्ला २४ घण्टामा २७२ जना सङ्क्रमणमुक्त भएका छन्। कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ। चार हजार ९४८ होम आइसोलेसन र संस्थागत २३७ गरी पाँच हजार १८५ जना आइसोलेसनमा रहेका बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved