एमसीसीबारे सरकार जिम्मेवार बनेन : पाण्डे

नेपालभ्युज

एमसीसीबारे सरकार जिम्मेवार बनेन : पाण्डे

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसी सम्झौंताबारे सरकार जिम्मेवार नबनेको आरोप लगाएका छन्। उपाध्यक्ष पाण्डेले एमसीसी संसदबाट पारित गर्ने विषयलाई सरकारले बुद्धिमतापूर्ण ढंगले अघि नबढाए मुलुक राजनीतिक तथा आर्थिक संकटमा फस्न सक्ने चेतावनी समेत दिए।

एमसीसीले गर्दा अमेरिकासँगको सम्बन्धमा जटिलता आउनसक्ने र त्यसले मुलुकमा राजनीतिक तथा आर्थिक संकट निम्त्याउनसक्ने पनि उनले बताए। उपाध्यक्ष पाण्डेले एमसीसी अघि बढाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दलभित्रै गम्भिर असहमति रहेको समेत बताए।

उपाध्यक्ष पाण्डेले मुलुक अब निर्वाचनतर्फ जानुको विकल्प नरहेको पनि बताए। मुलुक संकटको बीचमा उभिएको र त्यसको समाधान निर्वाचनबाटै हुने भएकाले अव मुलुक निर्वाचनमै जाने उनको दाबी थियो। उपाध्यक्ष पाण्डेले राजनीतिक कोर्सलाई सही बाटोमा अघि बढाउन पनि मुलुकमा निर्वाचन एक मात्रै लोकतान्त्रिक विधि भएको बताए। ‘‘मुलुक संकटबाट गुज्रिरहेको छ। यो संकटले के संकेत गर्छ भने यसको समाधान लोकतान्त्रिक ढंगले खोज्नु भनेको हामी संकटको चरणमा छौं भन्ने त्यसले संकेत गर्छ । यसको के हो समाधान भन्दाखेरी निर्वाचन भन्दाअरु म केही पनि देख्दिन । निर्वाचनबाट मात्रै जटिल बन्दै गएको पोलिटिकल कोर्स पनि सामान्य अवस्थामा फर्किन सक्छ,’’ उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved