यसरी मनाइँदैछ य:मरी पुन्ही (फोटोफिचर)

नेपाल भाषामा यः अर्थात् मनपर्ने र मरी अर्थात् रोटी वा मिठाई भन्ने अर्थ लाग्छ।

यसरी मनाइँदैछ य:मरी पुन्ही (फोटोफिचर)

काठमाडौं। हरेक वर्ष धान्य पूर्णिमाको दिन नेवार समुदायले मनाउने य:मरी पुर्णिमा आज हर्षोल्लासका साथ मनाइँदैछ।

आज नेवार समुदायको विशेष परिकार य:मरी बनाएर खाने गर्दछन्। नेपाल भाषामा यः अर्थात् मनपर्ने र मरी अर्थात् रोटी वा मिठाई भन्ने अर्थ लाग्छ। यो परिकारलाई पञ्चतत्वको रूपमा पनि स्वीकार गरिन्छ। यःमरीमा धरतीको रूपमा चामलको पिठो, अग्निको रूपमा चाकु, जलको रूपमा पानी, आकाशको रूपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ। यःमरी खाइने भएकोले यसलाई य:मरी पुन्ही पनि भन्ने गरिन्छ। काठमाडौं उपत्यकामा नेवारभित्रकै ज्यापु समुदायले यसलाई ज्यापु दिवसका रूपमा पनि मनाउने गर्दछन्।

यो पर्वको अवसरमा आज काठमाडौंमा य:मरी र्‍याली गरिएको छ। काठमाडौंको ह्युमददेखि मरु गणस्थान, क्षेत्रपाटी, असन हुँदै वसन्तपुरसम्म र्‍याली गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved