इजरायलबाट ४ वटा शव ल्याउने विमान आइतबार बिहान ७ बजे काठमाडौं आइपुग्ने

नेपालभ्युज

इजरायलबाट ४ वटा शव ल्याउने विमान आइतबार बिहान ७ बजे काठमाडौं आइपुग्ने
प्रतिकात्मक तस्वीर

काठमाडौं । प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी ज्याउन गुमाएका १० मध्ये चार जना नेपालीको शव आइतबार बिहान ७ बजे काठमाडौं आइपुग्ने भएको छ ।

यसअघि इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी ज्यान गुमाएकामध्ये चार जना नेपालीको शव आइतबार काठमाडौं पुग्ने जानकारी दिए पनि समय निश्चित गरिएको थिएन ।

हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये सम्पूर्ण कानुनी प्रक्रिया पूरा भएका ४ विद्यार्थीको शव शनिबार दिउँसो १:२५ बजे फ्लाई दुबईको उडानबाट नेपाल पठाइएको दूतावासले जनाएको हो ।

अन्य शवको पनि पहिचानको काम क्रमशः भइरहेको दूतावासले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved