टी-२० विश्वकप एसियाली छनोटमा यूएईको सुखद सुरुवात

नेपालभ्युज

टी-२० विश्वकप एसियाली छनोटमा यूएईको सुखद सुरुवात

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसियाली छनोट क्रिकेटमा यूएईले विजयी सुरुवात गरेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा यूएईले बहराइनलाई ५ विकेटले पराजित गरेको हो ।

१३६ रनको लक्ष्य यूएईले १८.२ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्‍यो । यूएईको लागि अलि नासर ४८ रनमा अविजित रहे । अलिशान शराफुले २७ रन बनाए। बसिल हामिद भने ११ रनमा अविजित रहे । बहराइनको लागि रिजवान बटले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको बहराइनले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १३५ रन बनायो । बहराइनको लागि हेदर बटले अविजित ५९ र सोहेल अहमदले २८ रन बनाए । यूएईको लागि भने लागि आयान अफजल खान र जुनेद सिद्दिकीले २-२ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved