१८ घण्टा पनि टिकेन विदेशबाट आउँदा क्वारेन्टिन बस्नुपर्ने नियम

नेपालभ्युज

१८ घण्टा पनि टिकेन विदेशबाट आउँदा क्वारेन्टिन बस्नुपर्ने नियम

काठमाडौं। कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि ६७ देशबाट आउने यात्रुले होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय १८ घण्टा नबित्दै हटाइएको छ।

अध्यागमन विभागले शुक्रबार ६७ देशबाट आउने यात्रुले अनिवार्य रूपमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय सार्वजनिक गरेको थियो। विभागकाअनुसार यात्रुकै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने र त्यसपछिको परीक्षणमा नतिजा नेगेटिभ आए पनि फेरि सात दिन होम आइसोलेशनमा बस्नुपर्ने बताइएको थियो।

No description available.

तर उक्त निर्णय कार्यान्यवन नआउँदै फेरिएको छ। विभागले १८ घण्टा पनि नपुग्दै शनिबार बिहान अर्को सूचना जारी गर्दै उक्त आदेश अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ।

विभागका सूचना अधिकारी झंकनाथ ढकालले क्वारेन्टिनको व्यवस्था नहटेको बरु तत्कालका लागि स्थगित भएको बताए। सार्वजनिक ६७ देशमा ओमिक्रोनको संक्रमण नभएका देश पनि परेकाले देशको नाम थपघट गर्नेगरी सूचना स्थगित गरिएको जानकारी उनले दिए।  ‘‘क्वारेन्टिन बस्नुपर्ने व्यवस्था हटाइएको छैन, सूचीमा देशको नाम थपघट गर्नुपर्ने भएकाले स्थगित गरिएको हो,” उनले भने, ‘‘सोमबार यस विषयमा थप निर्णय गर्न बैठक बस्दैछ, त्यसपछि निर्णय कार्यान्वयन गर्छौं।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved