कांग्रेस महाधिवेशन

उपत्यकामा बिहानैदेखि चहलपहल, विभिन्न स्थानमा सवारी जाम (फोटोफिचर)

नेपालभ्युज

उपत्यकामा बिहानैदेखि चहलपहल, विभिन्न स्थानमा सवारी जाम (फोटोफिचर)

काठमाडौं। आजदेखि शुरु हुँदै गरेको नेपाली कांग्रेसको १४  महाधिवेशनको चहलपहल बिहानैदेखि बढेको छ। महाधिवेशनस्थल भृकुटीमण्डपमा दिउँसो १ बजे हुने उद्घाटन कार्यक्रमका लागि मञ्च व्यवस्थापन, स्वागत गेट निर्माण लगायतको काम भइरहेको छ।

काठमाडौंको भृकुटीमण्डमा केही बेरिपछि हुन उद्घाटन सत्रका लागि मञ्च व्यवस्थानको काम अन्तिम चरणमा पुगेको महाधिवेशन आयोजक समितले जनाएको छ।

यसपटक महाधिवेशनका ४७ सयभन्दा बढी प्रतिनिधिहरू भेला हुँदैछन्। केहीबेरमा शुरु हुने उद्घाटन सत्रका लागि कुर्सी, टेन्टलगायत व्यवस्थापन अझै सकिइसकेको छैन। मञ्चको निर्माणको काम करिब करिब सकिन लागेको छ। मञ्चको अगाडि दायाँ र बायाँपट्टि एलइडी टीभी राखिएको छ। त्यस्तै मञ्चमा पुग्न नसक्नेहरूका लागि मञ्चबाहिर पनि अर्को एउटा एलइडी राखिएको छ। मञ्चको बायाँपट्टी पत्रकारहरूका लागि ठाउँ व्यवस्थापन गरिएको छ।

उल्लेख्य मात्रामा स्वयंसेवकहरू खटाइएको छ। प्रहरीहरू पनि खटिएका छन्। नेता तथा प्रतिनिधिहरू आउने क्रम बढिरहेको छ। भृकुटीमण्ड आसपासका चोक तथा गल्लीहरू अनि मूल सडकमा उम्मेदवारहरूले आफ्नो प्रचार सामग्री टाँगेका छन्।

महाधिवेशनस्थल आसपास प्रहरी परिचालन गरिएको छ। महाधिवेशनका लागि उपत्यकाका तीनै जिल्लाको समन्वयमा ५ हजार बढी प्रहरी परिचालन गरी उच्च सुरक्षा व्यवस्था अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिएका छन्।

भृकुटीमण्डप आसपासको ठाउँ चुनावी प्रचारप्रसारका सामग्रीसहितका पोष्टरले भरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनस्थल आसपासको पाँच सय मिटरसम्म मात्रै प्रचार सामग्री राख्न पाइने व्यवस्था गरिएकोमा कमलादी, बानेश्वरलगायत टाढासम्मका भित्ता र पर्खालहरूमा पोष्टर टाँगिएको देख्न सकिन्छ।

No description available.

ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीले बिहानैदेखि पद्मोदय मोड, कमलादी मोड, सभागृहमोड, सिंहदरबार चोक र माइतीघरबाट ट्राफिक डाइभर्सन गरेको छ। जसको प्रभावस्वरूप बानेश्वर, त्रिपुरेश्वर, लैनचौर लगायतका क्षेत्रसम्ममा बाक्लो सवारी जाम देखिएको छ।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved