राखेप सदस्यसचिव घिसिङले लिए शपथ

नेपालभ्युज

राखेप सदस्यसचिव घिसिङले लिए शपथ

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङले शपथ लिएका छन्। खेलकुद मन्त्रालयमा उनले खेलकुद मन्त्रीबाट शपथ लिएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सदस्यसचिवका रुपमा नियुक्त गरेको थियो।

शपथ पछि उनले नयाँ खेलकुद नियम अनुसार जावफदेही भएर काम गर्ने बताए। साथै उनले राष्ट्रिय टिम सुधारको प्रयास आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताए।

तत्कालीन सदस्यसचिव रमेश कुमार सिलवाललाई गत १ कार्तिकमा वर्तमान सरकारले पदमुक्त गरेको डेढ महिना पछि राष्ट्रिय खेलकुद परिषद्ले नयाँ सदस्यसचिवका रुपमा घिसिङ पाएको हो। घिसिङ माओवादी केन्द्रको कोटाबाट सदस्यसचिव भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved