‘एमालेमा महाधिवेशनपछि मात्रै पूर्वमाओवादीको राजनीति शुरु हुन्छ’

पूर्वमाओवादी समूहबाट उपाध्यक्षमा राम बहादुर थापा बादल तथा सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्टले चुनावी प्रतिस्पर्धा गरेका छन्।

नेपालभ्युज

‘एमालेमा महाधिवेशनपछि मात्रै पूर्वमाओवादीको राजनीति शुरु हुन्छ’

चितवन। नेकपा एमालेका नेता मणि थापाले महाधिवेशनपछि मात्रै पार्टीभित्र पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुको राजनीति शुरु हुने बताएका छन्। दशौँ महाधिवेशनको बन्दसत्रस्थल सौराहमा थापाले यस्तो बताएका हुन्।

थापाले एमाले व्यवस्थित पार्टी भएको र सबै प्रणालीमा चल्ने भएकाले अहिले पदाधिकारीमा लडेका पूर्वमाओवादीहरुको पद सुरक्षित हुने बताए। उनले आफूहरुले चुनाव जित्ने दाबी गरे।

केपी शर्मा ओलीले सर्वसम्मतका लागि सूचीमा राखेका नाममा एमाले प्रतिनिधिहरुले मत दिने थापाले विश्वाव व्यक्त गरे। ओलीले नै मतदानका लागि आग्रह गरेको अवस्थामा आफुहरुले चुनाव नहार्ने उनको भनाइ छ।

यसैबीच, मंगलबार बिहान भएको मतदानमा २ हजार ८१ मत खसेको छ। पूर्वमाओवादी समूहबाट उपाध्यक्षमा राम बहादुर थापा बादल तथा सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्टले चुनावी प्रतिस्पर्धा गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved