एमाले महाधिवेशन

बन्दसत्र शुरु : संशोधित लिस्ट ल्याए पौडेलले, ईश्वर पोखरेल बोल्दै

बन्दसत्र शुरु : संशोधित लिस्ट ल्याए पौडेलले, ईश्वर पोखरेल बोल्दै

चितवन । नेकपा (एमाले) दशौं महाधिवेशनको आइतबार बिहान हुने बन्दसत्र (दोस्रो दिनको) बल्ल शुरु हुने भएको छ। पदाधिकारी तथा नेतृत्व सर्वसम्मत गराउन एमाले जुटिरहेको छ। बन्दसत्रमा महासचिव ईश्वर पोखरेलले शुरुमा सम्बोधन गरेका छन्। अध्यक्ष केपी ओली भने अझै बन्दसत्रस्थलमा आइपुगेका छैनन्।

हिजोको बन्दसत्रको निर्णयअनुसार आजको बन्द सत्रमा यसअघि तयार भएको केन्द्रीय सदस्यहरूको नामावली अध्यक्ष ओलीले पढेर सुनाउनेछन्। ओलीले केन्द्रीय सदस्यहरूको सूची बनाउने जिम्मा संगठन विभाग प्रमुख विष्णु पौडेल र शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई दिएका थिए।

उनीहरूले ३ सय १ जना केन्द्रीय सदस्यहरूको सूची बनाएर ओलीलाई बुझाइसकेका छन्। ओलीले त्यसमा केही काँटछाँट गरेर पछि पूर्णता दिएका थिए। उक्त लिस्ट प्रिन्ट गरेर विष्णु पौडेलले बन्दसत्रस्थलमा आएका छन्।

सहमति नजुटेपछि उक्त लिस्टमा समावेश पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम आइतबारै दुई पटकसम्म संशोधन गरिसकिएको छ। प्रिन्ट गरिएको उक्त लिस्ट पौडेलले पार्क सफारीमै प्रिन्ट गरेका हुन्। दोस्रो पटक प्रिन्ट गरेको सूचीमा अध्यक्ष पदमा केपी शर्मा ओलीको नाम देखिन्छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved