कांग्रेस नेता आलमलाई जन्मकैदको फैसला

नेपालभ्युज

कांग्रेस नेता आलमलाई जन्मकैदको फैसला

काठमाडौं। कांग्रेस नेता तथा पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । आलमलाई बिहीबार रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले जन्मकैदको फैसला सुनाएको हो ।

अदालतले २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो ।

अदालतले मोहम्मद अफताब आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved