आत्मदाह प्रकरण : गृहमन्त्री लामिछाने भन्छन् ‘यसमा हामी सबै दोषी छौं’

नेपालभ्युज

आत्मदाह प्रकरण : गृहमन्त्री लामिछाने भन्छन् ‘यसमा हामी सबै दोषी छौं’

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहमा प्रतिक्रिया दिँदै यसमा आफूहरु सबै दोषी भएको बताएका छन् । यद्यपी यो हिजोदेखिकै निराशा भएको उनको तर्क छ ।

सामाजिक संजालमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पिडाको परिणाम भएको समेत उल्लेख गरेका छन् । तर आफूहरुको आगमनले पनि उत्साह थप्न नसक्नु र आशा जगाउन नसक्नुलाई भने भने उनले  कमजोरीका रुपमा ब्याख्या गरेका छन् ।

लामिछाने लेख्छन, ‘एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन।’

उनले परिवारलाई यो पिडा सहने शक्ति मिलोस भन्ने कामना गर्दै अगाडी लेखेका छन्, ‘यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकेनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।’

यो पनि पढ्नुहोस :

प्रेमप्रसादको निधन राज्यको असफलता र भयानक संकेत हो : बालेन शाह

संसद भवन अगाडी आफ्नै शरिरमा आगो लगाएका प्रेमप्रसाद आचार्यको मृत्यु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved