१८ ल्यापटप र ५६ वटा मोबाइलसहित अनलाइन जुवा खेलाउने १५ जना पक्राउ

नेपालभ्युज

१८ ल्यापटप र ५६ वटा मोबाइलसहित अनलाइन जुवा खेलाउने १५ जना पक्राउ

काठमाडौं । बाँके प्रहरीले अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेका १५ जनालाई नियन्त्रणमा लिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका– १ धम्बोझीस्थित अयुव हल्वाईको घरमा अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाको आधारमा छापा मार्दा उनीहरूको साथबाट सट्टेबाजीमा प्रयोग भएका डिजिटल उपकरणसमेत प्रहरीले बरामद गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
उनका अनुसार अनलाइन सट्टेबाजी खेल्न प्रयोग भएको १८ वटा ल्यापटप, ५६ वटा मोबाइल सेट र एक सेट पिओई स्विचलगायतका उपकरण प्रहरीले बरामद गरेको छ ।
उनीहरूले विभिन्न वेभपेजमार्फत आइपिएललगायत खेलहरूबाट अनलाइन सट्टेबाजी खेलेको खुलेको डिएसपी डाँगीले बताए ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका– ६ बर्दियाका ३८ वर्षीय विराज पौडेल, सोही ठाउँका २० वर्षीय शाश्वन पाठक, खजुरा गाउँपालिका– १ बाँकेका ३८ वर्षीय ईश्वर राणा, सोही ठाउँका ३७ वर्षीय टोपबहादुर थापा, मिक्लाजुङ गाउँपालिका– ६ मोरङका २५ वर्षीय इसाक लिम्बू, मिक्लाजुङ गाउँपालिका– ९ मोरङका १९ वर्षीय सुदेश राई, मिक्लाजुङ गाउँपालिका– १ मोरङका २२ वर्षीय रोशन दनुवार र ऐंसेलुखर्क गाउँपालिका– ६ खोटाङका २७ वर्षीय प्रवीण राई रहेका छन् ।

त्यसैगरी, इलाम नगरपालिका–  इलामका ३३ वर्षीय पर्शुराम दर्जी, सिराहा नगरपालिका– ७ सिराहाका २३ वर्षीय राकेशकुमार यादव, वीरगन्ज महानगरपालिका– १४ पर्साका ३१ वर्षीय सुरेन्द्र चौधरी, चाङडिगढी नगरपालिका– ८ उदयपुरका ३२ वर्षीय भास्कर मगर, आठबिसकोट नगरपालिका– ९ रुकुम पश्चिमका २६ वर्षीय दीपेन्द्र केसी, अजुरकोट गाउँपालिका ४ गोरखाका २९ वर्षीय रूपक कोइराला र त्रिवेणी गाउँपालिका २ पर्वतका ३५ वर्षीय सुन्दर राणालाई प्रहरीले पक्राउ गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved