मनमोहन अधिकारीको आज २५ औं स्मृति दिवस, एमालेले विभिन्न कार्यक्रम गरि मनाउँदै

नेपालभ्युज

मनमोहन अधिकारीको आज २५ औं स्मृति दिवस, एमालेले विभिन्न कार्यक्रम गरि मनाउँदै

काठमाडौं । एमालेपूर्व अध्यक्ष स्वर्गिय मनमोहन अधिकारीको आज २५ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको स्मृतिमा एमालेले आज विभिन्न कार्यक्रम गर्ने भएको छ ।

अधिकारीको २०५६ सालको वैशाख १३ गते निधन भएको थियो । मनमोहनको जन्म १९७८ सालमा काठमाडौंमा भएको थियो ।

अधिकारी २०५१ सालमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । अधिकारीपछि ६ जना कम्युनिष्ट नेताले सरकारको नेतृत्व गरिसकेका छन् । तर अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेका कामको अहिलेसम्म मानिसहरुले सम्झने गरेका छन् ।

अधिकारी नेतृत्वको सरकारले बृद्ध भत्ता वितरण गर्न सुरु गरेको थियो आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम पनि त्यहि सरकारले ल्याएको थियोे । एक सय बाट सुरु भएको बृद्ध भत्ता अहिले चार हजार रूपैयाँ पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved