अहिलेको व्यवस्था कसैको निगाहबाट दयाले पाएको होइन पूर्व राष्ट्रपति भण्डारी

नेपालभ्युज

अहिलेको व्यवस्था कसैको निगाहबाट दयाले पाएको होइन पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान राजनीति व्यवस्थाको कसैको दयाबाट प्राप्त नभएको बताएकी छन् ।

नेपाली जनताले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त नभएको जिकिर गरेकी हुन् ।

ललितपुरमा आयोजित मनमोहन अधिकारीको २५ औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको स्वतन्त्रता मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरूको उन्नत स्तरको चेतना, त्याग र अठोटबाट प्राप्त भएको उल्लेख गरिन् ।

मनमोहनका बारेमा बोल्दै भण्डारीले मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेका आफ्नो गाउँ आफैँ बनाऊँ, ज्येष्ठ नागरिकका लागि वृद्ध भत्ता जस्ता लोकप्रिय कार्यक्रमहरूमार्फत कम्युनिस्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्दछ भन्ने दृष्टान्त भएको दाबी गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved