देशलाई समृद्ध बनाउन सबै पार्टीको एउटै लक्ष्य हुनुपर्छ – देउवा

नेपालभ्युज

देशलाई समृद्ध बनाउन सबै पार्टीको एउटै लक्ष्य हुनुपर्छ – देउवा
फाइल तस्वीर

चितवन। तर लोकतान्त्रिक पद्धति स्थापित गर्दै देशलाई समृद्धिका लागि सबै पार्टीको लक्ष्य एउटै हुनुपर्ने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्।

नेकपा (एमाले) को दशौं महाधिवेशनको अतिथिका रूपमा चितवनमा पुगेका देउवाले उद्घाटन सत्रमा भने, ” लोकतान्त्रिक गणतन्त्र ल्याउन सकेका छौं। प्राप्त उपलब्धिलाई संस्थागत गर्न हामी सबै मिल्नुको विकल्प छैन।”

नेपालका दलहरूबीच मतभेद भएर अलग अलग भए पनि जनताका मुद्दाहरूमा सहमति र सहकार्यको जरुरत रहेको उनको भनाइ छ। आफूहरूबीच (दलहरूबीच) नीतिगत विवादित विषयहरूलाई स्विकार गर्दै टुंगोमा पुर्‍याउनुपर्ने उनले बताए।

दलहरूबीच छलफल र संवादमार्फत हरेक समस्या सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए। त्यस्तै उनले एमालेले सरकारलाई सहयोग गर्नुपर्ने पनि उनले बताए। कोभिडविरुद्ध खोपबारे सरकारले लक्ष्य हासिल गरेको दाबी गरेका देउवाले कोरोना भाइरस न्यूनीकरण भए पनि आर्थिक अवस्था कमजोर रहेको बताए। देशमा सुशासन स्थापित गर्न भने सरकार केन्द्रित भएको उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved