चितवनको सभामा मानिस जुटाउँदै प्रभु साह

नेपालभ्युज

चितवनको सभामा मानिस जुटाउँदै प्रभु साह

गौर। नेकपा एमालेको आसन्न १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सभामा व्यापक जनसहभागिता जुटाउन पूर्वमन्त्री एवं जनपरिचालन कमिटीका सह-संयोजक प्रभु साहले सक्रियता बढाएका छन्।

१० मंसीरबाट एमाले चितवनमा एमालेको महाधिवेशन हुँदै छ। त्यसको उद्घाटन सभामा मानिसहरू भेला पार्न प्रदेश २ का विभिन्न जिल्लामा नेता साहले सक्रियता बढाएका हुन्।

आज (मंगलबार) रौतहटका सबै तहका नेता कार्यकर्ताको भेला आयोजना गरी सभामा अधिकतम संख्यामा सहभागी हुन उनले आग्रह गरे। गरुडास्थित तुल्सीलाल अमात्य स्मृति भवनमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै नेता साहले रौतहट कम्युनिष्टको भूमि रहेकाले पनि यहाँबाट सबैभन्दा धेरै सहभागिता रहने बताए।

हरेक स्थानीय तहको वडा वडाबाट आ-आफ्नो ब्यानरसहित अधिकतम संख्यामा सहभागी हुन निर्देशन दिँदै नेता साहले भरतपुरबाट एमालेले देशलाई नयाँ सन्देश दिने बताए।

चितवन सभाका लागि नेता साहले सक्रियता बढाएसँगै स्थानीय स्तरमा सो कार्यक्रमका विषयमा व्यापक उत्साह वृद्धि भएको छ। यसअघि नेता साह तत्कालीन नेकपाको प्रदेश अध्यक्ष रहँदा उनकै पहलकदमी गरुडामा जनसभा आयोजना गरिएको छ।

सो सभामा तत्कालीन प्रधानमन्त्री ओली नै प्रमुख अतिथि थिए। अहिले एमाले अध्यक्ष ओलीले चितवनमा हुने कार्यक्रममा पाँच लाखको सहभागिता रहने घोषणा गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved