आर्सनलमाथि लिभरपुलको शानदार जित

नेपालभ्युज

आर्सनलमाथि लिभरपुलको शानदार जित

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई ४-० को भारी गोल अन्तरले पराजित गरेको छ। शनिबार राति सम्पन्न खेलमा आर्सनललाई दबदबामा राखेर लिभरपुलले जित निकालेको हो।

लिभरपुलको जितमा साडियो माने, डिएगो जोटा, मोहम्मद सलाह र ताकुमी मिनामिनोले गोल गरेका थिए।

खेलको ३९ औँ मिनेटमा मानेले लिभरपुललाई अग्रता दिएका थिए। पहिलो हाफमा १ गोलले पछि परेको आर्सनल दोस्रो हाफपछि पूरै दबदबामा रह्यो। लिभरपुलबाट ५२ औँ मिनेटमा जोटाले दोस्रो र ७३ औँ मिनेटमा सलाहले तेस्रो गोल गरे। ७६ औँ मिनेटमा मैदान छिरेका मिनामिनोले पहिलो एक मिनेटमै गोल गरेका थिए।

जितसँगै लिभरपुल २५ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पहिलो स्थानमा रहेको चेल्सीले २९ अंक जोडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved