ओली नै अध्यक्ष हुने योगेश भट्टराईको दाबी

नेपालभ्युज

ओली नै अध्यक्ष हुने योगेश भट्टराईको दाबी
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको दशौं औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन्।

सचिव भट्टराईले पार्टीको नेतृत्व चयन सर्वसम्मतिले भए अध्यक्षमा ओली नै चयन हुने दाबी गरे। शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले विगतका आठौं र नवौं महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पुर्‍याएकाले दशौं महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्नेमा आफूहरू जोड रहेको तर्क गरे।

पार्टीमा समूह बन्दीको अवस्था आउन नदिन पनि सहमतिमै नेतृत्व चयन गर्न उपयुक्त हुने उलने बताए। सहमतिमा नेतृत्व चयन नभए प्रतिनिधिहरू जोकोहीले पनि नेतृत्वको दाबी गर्न पाउने उनले स्पष्ट पारे।

सचिव भट्टराईले पार्टीभित्र विभिन्न विचार समूहबाट आएका नेताहरू रहेका उल्लेख गर्दै महाधिवेशनले उनीहरू सबैको सम्मानजनक ढंगले व्यवस्थापन गर्ने पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved