१४ औँ महाधिवेशन

कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन आज

सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन हुँदैछ।

नेपालभ्युज

कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन आज

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन हुँदैछ। देशभर आज एकैसाथ क्षेत्रीय अधिवेशन हुन लागेको हो।

आज कांग्रेस काठमाडौंको पनि २० वटा प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदैछ। काठमाडौंका १० निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ गरी २० प्रदेशसभा क्षेत्रमा आज अधिवेशन हुन लागेको हो।

कांग्रेस काठमाडौंका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले आज हुने प्रदेशसभा निर्वाचनका लागि सबै प्रदेशसभामा निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिए।

आचार्यले भने, “सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गर्न पत्राचारसमेत गरिसकेका छौँ।”

यसअघि काठमाडौंका १३८ वडा र ११ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ। काठमाडौंमा एक महानगरपालिका र १० नगरपालिका रहेका छन्।

यस्तै, काठमाडौंमा यही ६ मंसिरमा क्षेत्रीय अधिवेशन र १० गते जिल्ला अधिवेशन हुँदैछ। कांग्रेसले १६ र १७ मंसिरमा प्रदेश अधिवेशन तथा २४ देखि २६ मंसिरमा केन्द्रीय महाधिवेशन गर्दैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved