आन्दोलनरत बारले गर्‍यो नागरिक आन्दोलनका अगुवासँग छलफल

आन्दोलनरत बारले गर्‍यो नागरिक आन्दोलनका अगुवासँग छलफल

काठमाडौं। न्यायाधीशहरूले आन्दोलन छोडेपछि एक्लै अगाडि बढाउनुपर्ने दबाबमा रहेको नेपाल बार एशोसिएशनले नागरिक आन्दोलनका अगुवाहरूसँग छलफल गरेको छ। बिहीबार साँझ बारले आन्दोलनका अगुवासँग छलफल गरेको हो।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नागरिक आन्दोलनसँग छलफल भएको पुष्टि गरे।

“नागरिक आन्दोलनका साथीहरूले बारलाई छलफलका लागि बोलाएका थिए,” उनले भने, “न्यायपालिका ठिक ठाउँमा ल्याउनको लागि बारले उठाएको आन्दोलनमा हामी पनि सहयोग गर्छौँ आ-आफ्नो ठाउँबाट के गर्दा उपयुक्त हुन्छ, त्यो हामी गर्छौँ भन्ने आश्वासन आएको छ।”

यसबारेमा नागरिक आन्दोलनसँग बुझ्दा भास्कर गौतमले बारसँग अदालत परिसरमै प्रहरी हस्तक्षेप भएकोबारे छलफल भएको बताए।

“अहिलेसम्म हुनेखानेले पैसा खुवाएर न्यायालयलाई आफ्नो तरिकाले प्रयोग गरे। जसले न्यायालयलाई सर्वसाधारणबाट धेरै टाढा लिएर गयो,” गौतमले भने, “आम मानिसले न्याय पाउने कुरा सुनिश्चित गर्न एक खालको लोकतान्त्रिक मूल्यमान्यता अनुरुपको न्यायलय बनाउनको लागि अधिवक्ताहरूले मात्रै आन्दोलन गरेर पुग्दैन। त्यसैले आन्दोलन विस्तार गर्नेतर्फ अगाडि बढ्नुपर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved