लागुऔषधसहित दुई युवक पक्राउ

आँपको बगैँचामा घुमफिर गरिरहेको अवस्थामा शङ्का लागि जाँच गर्ने क्रममा महरालाई लागुऔषध गाँजा र नाइट्रोभेट १० लेखिएको ट्याबलेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नेपालभ्युज

लागुऔषधसहित दुई युवक पक्राउ
सांकेतिक तस्वीर

सिरहा। प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका-४ बाट लागुऔषधसहित २८ वर्षीय अनिथ महरालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका महराको साथबाट १०० ग्राम गाँजा र नाइट्रोभेट १० लेखेको ट्याबलेट १५० पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए।

आँपको बगैँचामा घुमफिर गरिरहेको अवस्थामा शङ्का लागि जाँच गर्ने क्रममा महरालाई लागुऔषध गाँजा र नाइट्रोभेट १० लेखिएको ट्याबलेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका लहान नगरपालिका-१९ निवासी २१ वर्षीय प्रेम मण्डललाई लागुऔषध नाइट्रोभेट ७५ ट्याबलेटसहित पक्राउ गरेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved