२३ दशमलव १९ अंकले घट्यो शेयर बजार

नेपालभ्युज

काठमाडौं। साताको दोस्रो कारोबार दिन शेयर बजार २३ दशमलव १९ अंकले घटेको छ। पहिलो कारोबार दिन आइतबार १८ दशमलव ५३ अंकले घटेको बजार सोमबार पनि घटेको हो।

प्रि-ओपनिङ सेसनमा ५ दशमलव शून्य ३ अंकले बढेर २ हजार ६६७ दशमलव ५९ विन्दुमा पुगेको नेप्से परिसूचक शून्य दशमलव ८७ प्रतिशतले घटेर २ हजार ६६७ दशमलव ५९ बिन्दूमा झरेर बजार बन्द भयो।

आज ३ अर्ब ६३ करोड ९४ लाख मूल्य बराबरको २१९ कम्पनीको ९३ लाख १४ हजार ७८० कित्ता शेयर कारोबार भएकोमा समग्रमा १३ समूहमध्ये २ समूहको शेयर मूल्य मात्र बढेको देखिएको छ। आज लगानी र म्युचुअल फण्ड बाहेक बाँकी ११ समूहको नेप्से घटेको छ।

यस दिन आइएमई योजना-१ को शेयरमूल्य सर्वाधिक ९ दशमलव ९० प्रतिशतले बढेको छ भने सर्वाधिक महालक्ष्मी विकास बैंकको ८ दशमलव ७६ र रैराङ जलविद्युतको ८ दशमलव २९ प्रतिशतले शेयरमूल्य ओरालो लागेको छ।

अघिल्लो साता अन्तिम दुई दिन एक सय अंकभन्दा बढीले बढेको बजार यो सातादेखि पुन: घट्न थालेको देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved