पविन र सुरोजको जोडीलाई ब्याडमिन्टन उपाधि

नेपालभ्युज

पविन र सुरोजको जोडीलाई ब्याडमिन्टन उपाधि

काठमाडौं। बालकुमारी रिमिक्स क्लब सातौं ललितपुर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फको उपाधि आयोजक बालकुमारी रिमिक्स क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडीले जितेका छन्।

उक्त जोडीले आफ्नै क्लबका सशिन डंगोल र सुविन महर्जनको जोडीलाई पराजित गर्दै उपाधि उचालेका हो। पविन र सुरोजको जोडीले डंगोल र महर्जनको जोडीमाथि २१–१४, २१–१६ को जित निकालेको हो। उक्त खेलमा आयोजकका दिपेन महर्जन र भूवन श्रेष्ठको जोडी तथा ईलाभेन स्टारका राजु बज्राचार्य र आकाश छन्त्यालको जोडी तेश्रो भयो।

ललितपुर बालकुमारीस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको भेट्रान्स ४५ वर्ष माथिको प्रतिस्पर्धामा फ्रेन्डसिप ब्याडमिन्टन क्लबका शम्भु महर्जन र राजकुमार राजकर्णिकारको जोडी पहिलो भयो। यो जोडीले सनराइज ब्याडमिन्टन क्लबका दीपक राना र टीका थापाको जोडीलाई १३–२१, २१–१६, २१–१४ ले पराजित गर्दै जितलाई आफ्नो नाममा लेखाए।

श्रीकृष्ण ब्याडमिन्टन क्लबका सुरेश बस्नेत र सिताराम श्रेष्ठको जोडी तथा इमाडोल ब्याडमिन्टन स्पोर्टस्का तिलक बुढाथोकी र दिल बहादुर कदङ्गवाको जोडीले तेश्रो स्थानमा चित्त बुझायो।

विजयी खेलाडीहरूलाई लतिलपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved