गिनिज बुकमा नाम लेखाएकी सापकोटा सम्मानित

नेपालभ्युज

गिनिज बुकमा नाम लेखाएकी सापकोटा सम्मानित

भक्तपुर। गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल टेबुल टेनिस खेलाडी गोमा सापकोटालाई जिल्ला खेलकुद विकास समिति भक्तपुरले सम्मान गरेको छ ।

सापकोटालाई शनिबार बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्न ढकालले सम्मान गरेका हुन् । काभ्रेको पनौतीमा जन्मेकी भक्तपुरमा स्थायी बसोबास गरेकी सापकोटाले टेबुल टेनिस बललाई १ मिनेटमा भुइँमा नखसाई प्रहार गरेकी हुन् ।

उनले २ सय ४९ पटक बललाई प्रहार गरेर गिनिज बुकमा विश्व कीर्तिमान राख्न सफल भइन् । उक्त अवसरमा सम्मानित खेलाडी सापकोटाले सम्मानले खेल्नमा थप प्रोत्साहन मिलेको बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved