संघीय संसदमा ४० र प्रदेश सभामा ४२ प्रतिशत महिला प्रतिनिधित्व गराउने सरकारको लक्ष्य 

नेपालभ्युज

संघीय संसदमा ४० र प्रदेश सभामा ४२ प्रतिशत महिला प्रतिनिधित्व गराउने सरकारको लक्ष्य 

काठमाडौं । सरकारले सन २०३० सम्ममा संघीय संसदमा ४० प्रतिशत, प्रदेश सभामा ४२ प्रतिशत महिला प्रतिनिधित्व गराउने लक्ष्य राखेको छ । यस लक्ष्यमा सरकार प्रतिबद्ध रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले बताएका छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै मन्त्री बन्दीले थपे, ‘मलाई लाग्छ, यो लक्ष्यमा दलहरू पनि प्रतिबद्ध छन् ।’

सांसद विन्दा पाण्डेले आगामी निर्वाचनमा प्रदेश र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री बन्दीले यस्तो बताएका हुन् ।

नेपालको संविधानले एकात्मक संरचनामा रहेको राज्य प्रणालीलाई संघीय लोकतान्त्रिक संरचनामा बदल्दै जाँदा समावेशी र समानुपातिक सहभागिता गराउने बाचा गरेको उल्लेख गर्दै मन्त्री बन्दीले यसका लागि राजनीतिक इच्छा शक्तिको पनि उत्तिकै भूमिका रहने बताएका छन् ।

‘तल परेको वर्गलाई माथि उठाउन नसक्दासम्म समाज समान ढंगले अगाडि बढ्दैन भनेर समावेशी सहभागिताको कुरा गरिएको हो । यस व्यवस्था कार्यान्वयनका लागि कानुनहरू संशोधन आवश्यक छ । साथसाथै, राजनीतिक इच्छाशक्तिमा भर पर्छ । यसकारण सदलहरूलाई इनकरेज गर्न आवश्यक छ’, मन्त्री बन्दीले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved