ललितपुर मेयर कप : लगातार तेस्रो जितसँगै एपीएफ फाइनलमा

नेपालभ्युज

ललितपुर मेयर कप : लगातार तेस्रो जितसँगै एपीएफ फाइनलमा

काठमाडौं। नेपाल एपीएफ क्लब, काठमाडौंमा जारी ललितपुर मेयर महिला च्याम्पिएनसिप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ को फाइनलमा प्रवेश गरेको छ ।

लगातार तेस्रो जित निकाल्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो । तेस्रो जित तथा फाइनल पुग्ने क्रममा उसले कोशी प्रदेशलाई ७ विकेटले स्तब्ध पार्‍यो । जितका लागि पाएको ८८ रनको लक्ष्य एपीएफले १८ दशमलव १ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

जसमा ममता चौधरीले २१, कप्तान सीता रानामगरले १९, इन्दु बर्माले १८ रनको योगदान गरिन् । कोशीका लागि कप्तान रुविना क्षेत्री,अलिशा खडिया र निशा शाहले एक एक विकेट हात पारे ।

त्यसअघि, त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ८७ रन बनायो ।

कोशीका लागि काजल श्रेष्ठले २९,कप्तान रुविना क्षेत्रीले २४, अप्सरी बेगमले २२ रनको योगदान गरिन् । एपीएफका लागि कप्तान सिता रानामगरले ३ विकेट हात पारिन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा चैत ९ गतेदेखि शुरु भएको प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको छ । चैत १६ गते सम्पन्न हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश,नेपाल एपिएफ क्लब,मधेश प्रदेश र ललितपुर मेयर्स ११ को सहभागिता रहेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved