आर्सनलसँग चेल्सी फराकिलो अन्तरले पराजित

नेपालभ्युज

आर्सनलसँग चेल्सी फराकिलो अन्तरले पराजित

काठमाडौं । प्रिमियर लिगको गएराति भएको खेलमा आर्सनल(Arsenal)ले चेल्सीलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

आर्सनललाई जित दिलाउन वेन ह्याइट र काइ हाभार्टले दुई–दुई तथा लियोन्ड्रो ट्रोसार्डले एक गोल गरे । उपाधि होडमा रहेको आर्सनलले पहिलो हाफमा एक गोल मात्र गरेको थियो भने दोस्रो हाफमा चार गोल थपेको थियो ।

जितपछि शीर्ष स्थानको आर्सनलले ३४ खेलबाट ७७ अंक जोडेको छ । आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि पारेको छ ।

एक खेल कम खेलेको लिभरपुलको ३३ खेलबाट ७४ अंक छ । ३२ खेल खेलेको म्यानचेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ । चेल्सी भने ३२ खेलबाट ४७ अंकसहित नवौँ स्थानमै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved