कतारका अमिर अल थानी नेपाल भ्रमणमा आउँदै

नेपालभ्युज

कतारका अमिर अल थानी नेपाल भ्रमणमा आउँदै

काठमाण्डौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने औपचारिक भ्रमणका क्रममा मंगलबार नेपाल आउँदैछन् । कतारले अमिरले पहिलोपटक नेपाल भ्रमण गर्न लागेका हुन् ।

कतारी अमिर फिलिपिन्स, बङ्गलादेश हुँदै नेपाल आउन लागेको नेपाल स्थित कतारको दूतावासले जनाएको छ ।

अमिरको यो भ्रमणबाट दुई देशको सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवम् सहकार्यका क्षेत्र विस्तारमा सहयोग पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए ।

अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved