मधेसमा मन्त्रिपरिषद् विस्तार, ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

नेपालभ्युज

मधेसमा मन्त्रिपरिषद् विस्तार, ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मुख्यमन्त्री यादवले माओवादी केन्द्रका २ र नेकपा एकीकृत समाजवादीका एक जनालाई मन्त्री नियुक्त गरेका हुन् ।

उनीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताका शपथ लिइसकेका छन् ।

माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह बिना विभागीय, युवराज भट्टराईले उद्योग, वाणिज्य तथा पर्यटन र नेकपा एकीकृत समाजवादीबाट बेची लुंगेली बिना विभागीय मन्त्री बनेका छन् ।

साथै, एमालेकी शारदा देवी थापा गृह, सञ्चार तथा कानुन राज्यमन्त्री नियुक्त भएकी छन् । उनले पनि शपथ लिइसकेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved