एन्फा उपाध्यक्ष दावा लामा छुटे

नेपालभ्युज

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा हिरासतमुक्त भएका छन् ।

लागु औषध मुद्दामा बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेको थियो ।

लामालाई बिहीबार उच्च अदालत पाटनमा पेस गरिएको थियो । तर, लामाले लागुऔषध मुद्दामा सर्वोच्च अदालतबाट पहिले नै तारेखमा राख्नु भन्ने आदेश पेस गरेपछि छुटेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

लामा खैरो हिरोइन बिक्रीमा संलग्न भएको र लामालाई तत्कालिन पुनरावेदन अदालत पाटनले २०६४ जेठमा ५ वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी कैद भुक्तान नगरी फरार रहेका थिए । यहीबीचमा उनी एन्फा उपाध्यक्ष बनेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved