लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

नेपालभ्युज

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महाराले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री महराले बिहीबार थप मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री थप गरेका छन् । यससँगै प्रदेश मन्त्रिपरिषद्को १० सदस्यीय भएको छ । त्यसमध्ये ६ जना बिना विभागीय छन् । आज थपिएका ६ जना नै मन्त्रीहरूले जिम्मेवारी पाएका छैनन् ।

उनीहरूले आज नै बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिँदैछन् ।

यसअघि नै एमालेका चेतनाथ आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादी केन्द्रका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved