जनकपुरमा जलिरहेको अवस्थामा युवती मृत भेटिइन्, सँगै फेला परेकी बालिकाको पनि मृत्यु

नेपालभ्युज

जनकपुरमा जलिरहेको अवस्थामा युवती मृत भेटिइन्, सँगै फेला परेकी बालिकाको पनि मृत्यु

काठमाडौं । जनकपुरमा जलिरहेको अवस्थामा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

बुधबार राति करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर महादेव मन्दिर नजिकै रहेको खेतमा युवती जलिरहेको अवस्थामा मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्‍जन अवाका अनुसार युवतीसँगै घाइते अवस्थामा भेटिएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।

स्थानीयले खेतमा युवती जलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा प्रहरी पुगेको थियो।

मृत्यु भएकी युवती महोत्तरीको मनरासिस्वा नगरपालिका-२ कि २२ वर्षिया प्रियंका महतो रहेको अनुमान प्रहरीले गरेको छ।

युवती र बालिकाको दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको डिएसपी अवाले जानकारी दिए ।

युवती र बालिकाको हत्या हो या आत्महत्या हो प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पोस्टमार्टम रिपोर्ट र थप अनुसान्धानपश्चात् मात्रै घटनाबारे यथार्थ बाहिर आउने डीएसपी अवाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved