नेपालको खराब सुरुवात, १५ रन जोड्दा तीन विकेट गुमायो

नेपालभ्युज

नेपालको खराब सुरुवात, १५ रन जोड्दा तीन विकेट गुमायो

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।

अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्ल २ रनमा आउट भएका हुन्।

उनलाई साउदी अरेबियाका इस्तियाक अहमदले आउट गरेका हुन्। यो उनको दोस्रो विकेट हो।

यसअघि आसिफ शेख २ रनमा आउट हुँदा कुशल भूर्तेल शून्यमा आउट भए।

साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। २.२ ओभरमा ३ विकेट गुमाएर नेपालले मात्र १५ रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved