सहकर्मीको धेरै ख्याल राख्छन् शाहरुख

नेपालभ्युज

सहकर्मीको धेरै ख्याल राख्छन् शाहरुख

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री प्रियमणिले बलिउड अभिनेता शाहरूख खानको तारिफ गरेकी छिन् ।

उनले शाहरूख आफ्नो सहकर्मीको धेरै ख्याल गर्ने गरेको बताइन् । गलाता प्लस वेबसाइटलाई दिएको अन्तर्वार्तामा प्रियमणिले फिल्म ‘जवान’का निर्देशक एट्लीको जन्मदिनको पार्टीसँग सम्बन्धित घटनामा यसबारे खुलाएकी हुन् ।

उनले भनिन्, ‘एकपटक चेन्नईमा एट्ली सरको जन्मदिनको पार्टी थियो । उक्त पार्टीमा फिल्म ‘जवान’की गर्ल ग्याङको उपस्थिति थियो । पार्टी सकिँदा बिहानको चार बजिसकेको थियो । हामी सबै केटीहरू आ-आफ्नो होटलमा फर्किने तयारी गरिरहेका थियौं । शाहरूख आफैँ आएर सबै केटीहरूलाई व्यक्तिगत रूपमा सुरक्षाबारे सोधे । साथै, सबै जनालाई गाडीमा बस्न भनेर अंगरक्षकहरूलाई सबैको कारको पिछा गर्न पठाए ताकि सबैजना सुरक्षित रूपमा होटलमा पुग्न सकून्।’

प्रियमणिले थप भनिन्, सबै युवतीहरूको कारको पछाडि अङ्गरक्षकको गाडी चलिरहेको थियो। हामीले धेरै अंगरक्षकहरूलाई हामी जान्छौं भनेर पनि भन्यौं । तर, उनीहरूले शाहरूख सरले विशेष निर्देशन दिनुभएको छ भन्दै होटलसम्म छोडिदिए ।’

प्रियामणिले शाहरूखसँग २०२३ मा रिलिज भएको फिल्म ‘जवान’ मा काम गरेकी थिइन् । यो फिल्म बक्स अफिसमा ब्लकबस्टर साबित भयो । ‘जवान’ ले करिब ११ सय करोड रूपैयाँ कमाएको थियो ।

यसबाहेक प्रियामणिले फिल्म ‘चेन्नई एक्सप्रेस’मा पनि शाहरूखसँग काम गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved