मधेस सरकारबाट बाहिरियो लोसपा, मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने

नेपालभ्युज

मधेस सरकारबाट बाहिरियो लोसपा, मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने

काठमाडौं । मधेस प्रदेश सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहिरिएको छ ।

मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

सोही निर्णयअनुसार यसअघि पार्टीबाट वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिइसकेका छन् ।

प्रदेश सभामा लोसपाका ९ जना सांसद छन् ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिनको लागि आज प्रदेश सभाको बैठक बोलाइएको छ । दिउँसो १ बजे बोलाइएको बैठक एक घण्टा ढिला गरी सुरू भएको थियो ।

तर, जनमत पार्टीले विरोध जनाएपछि बैठक स्थगित गरिएको थियो । १० मिनेटका लागि बैठक स्थगित गरिए पनि हालसम्म बैठक सुचारु हुन सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved