२७२ किलो गाँजासहित कन्टेनर चालक पक्राउ

नेपालभ्युज

२७२ किलो गाँजासहित कन्टेनर चालक पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले रूपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्ड अन्तर्गत बाईपास इलाकाबाट २ सय ७२ किलो ३३ ग्राम गाँजासहित एउटा कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई बिशेष सूचनाको आधारमा जाँच गर्दा चालकको सिटमाथि फल्स बटम बनाई लुकाइ छिपाई लैजाँदै गरेको गाँजा फेला परेको हो ।

२७ नं. गण रूपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको कमाण्डमा खटिएको टोलीले गाँजा फेला पारेपछि कन्टेनर र चालक भारत घर भएका ३६ वर्षिय सतनम सिंहलाई पक्राउ गरिएको हो ।

नियन्त्रणमा लिइएका सिंहलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाईएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved