अब अनलाईनबाटै साकेला सिली सिक्न सकिने

नेपालभ्युज

अब अनलाईनबाटै साकेला सिली सिक्न सकिने

काठमाडौं । अब अनलाईनबाटै साकेला सिली सिक्न सकिने भएको छ । किरात राई यायोक्खा, जापान र किरात राई सुम्निमा सङ्घले अनलाईनबाटै साकेला सिलीको प्रशिक्षण दिने भएका छन् ।

त्यसका लागि अनलाई मीटीङ्ग प्लेटफर्म जूममा जोडिन सकिने छ । सिली प्रशिक्षण अप्रिल १७ देखि मे २९ सम्म प्रत्येक बुधबार र आइतबार नेपाली समयानुसार साँझ ५ बजेदेखि ८ बजेसम्म सिक्न सकिनेछ ।

किरात राई सुम्निमा सङ्घकी उपाध्यक्ष मनीषा राईका अनुसार प्रशिक्षणमा सहभागी सबैलाई प्रमाणपत्र दिइनेछ । “कला, संस्कृति र भेषभूषालाई सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले साकेली सिली तालिमको आयोजना गरिएको हो,” उपाध्यक्ष राईले भनिन् ।

साकेला भन्नाले मुन्धुमी तन्त्र-मन्त्रले उत्खनन् गरेको पत्थर वा ढुङ्गाजस्तो देखिने भूमिदेव भनेर बुझिन्छ भने सिलीले नाच भन्ने बुझाउँदछ । यसका अतिरिक्त किरात राईहरूको पौराणिक उत्पति र जीवनशैलीसमेतलाई यसले समेट्दछ । त्यसैले किरात राई समुदायमा यसको गहिरो अर्थ राख्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved