सलमान खानको घरमा गोली चलाएको आरोपमा दुई जना पक्राउ

नेपालभ्युज

सलमान खानको घरमा गोली चलाएको आरोपमा दुई जना पक्राउ

काठमाडौं । बलिउड अभिनेता सलमान खानको घरमा गोली चलाएको घटनामा संलग्न दुई संदिग्ध पक्राउ परेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरु दुवैलाई गुजरातबाट पक्राउ गरिएको हो ।

अप्रिल १४ मा खानको घरबाहिर गोली हानाहान भएपछि मुम्बई प्रहरीले घटनाको अनुसन्धान थालेको थियो ।

पीटीआईका अनुसार मुम्बई पुलिसको अपराध शाखाको टोलीले संदिग्धहरूलाई गुजरातको भुजबाट पक्राउ गरेको हो । र, अहिले उनीहरूलाई मुम्बई ल्याइँदैछ ।

पक्राउ परेकाहरू विक्की गुप्ता र सागर पाल रहेका छन् ।

सलमान खानको घरमा गोली चलाउने सुटर कालु को हुन् ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved