मधेसका मुख्यमन्त्रीले आज चौथो पटक विश्वासको मत लिँदै

नेपालभ्युज

मधेसका मुख्यमन्त्रीले आज चौथो पटक विश्वासको मत लिँदै

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज (मंगलबार) विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।

केन्द्रमा समीकरण फेरिएपछि मधेस सरकारबाट चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सहभागी भएको थियो । सरकारबाट बाहिरिएपछि चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री यादवले १५ महिनामा यसरी विश्वासको मत लिन लागेको चौथो पटक हो ।

१०७ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित २४, नेपाली कांग्रेसका २२, जसपाको १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९–९, एकीकृत समाजवादीका ७ सांसद छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका १–१ र एक स्वतन्त्र सांसद छन् । मधेसमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved