सरकारको नाममा ल्याइयो चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी जग्गा

नेपालभ्युज

सरकारको नाममा ल्याइयो चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी जग्गा

काठमाडौं । चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ ।

२०४४ सालमा च्याम्पियन फुटवेयर सञ्चालन गर्ने भन्दै कारखानाबाट चौधरी ग्रुपले हात पारेको जग्गा सरकारका स्रेस्ता कायम गरिएको हो

मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छवि नेपालीले तत्कालीन च्याम्पियन फुटवेयर हुँदै चौधरी ग्रुपको सीजी चाँदबाग रेसिडेन्सी प्रालिका नाममा पुगेको यो जग्गा सरकारका स्रेस्ता कायम गरिएको हो ।

तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले हडपेर निजी सम्पत्ति बनाएको थियो ।

यही प्रकरणमा माघ १८ गते किर्ते तथा ठगी गरेर सरकारी जग्गा हडपेको कसुरमा चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरसहित सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक एवं चौधरी समूहका सदस्य अरुण चौधरी र कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापालाई पक्राउ परेका थिए ।

उनीहरूलाई अनुसन्धान नसकिँदै अदालतको आदेशमा सीआईबीले माघ २४ गते हाजिर जमानीमा छाडेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved