प्रतिव्यक्ति तीन लाख बुझाएर कतार गएका ५५ युवा अलपत्र, खाना खान समेत पाएनन् (भिडिओ)

मासिक सयकडा तीन ब्याजमा साहुबाट ऋण लिए । मेनवापरलाई तीन लाख रूपैयाँँसम्म बुझाएर उनीहरु कतार गए । तर, काम गरेको तलब पाउनु त कता हो कता, उनीहरूले अहिले खान खान समेत पाएका छैनन् ।

नेपालभ्युज

प्रतिव्यक्ति तीन लाख बुझाएर कतार गएका ५५ युवा अलपत्र, खाना खान समेत पाएनन् (भिडिओ)

काठमाडौं । महिनाको एकलाख रुपैयाँसम्म तलब हुन्छ भनेर गाउँका सोझा युवायुवतीलाई मेनपावरका दललालले फकाईफाकाई गाउँबाट बोलायो । बेरोजगार युवाहरूले पनि विश्वास गरे । ‘अल नासेर ओभरसिज’लाई दुईदेखि तीन लाख रुपैयाँसम्म बुझाए ।

मासिक सयकडा तीन ब्याजमा साहुबाट ऋण लिए । मेनवापरलाई तीन लाख रूपैयाँँसम्म बुझाएर उनीहरु कतार गए । तर, काम गरेको तलब पाउनु त कता हो कता, उनीहरूले अहिले खान खान समेत पाएका छैनन् ।

यो दर्दनाक कथा हो, कतारमा रहेको नेपाली युवाहरूको, जहाँ ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा आधाजसो महिला छन् ।

पीडित भन्छन्, ‘‘कम्पनीले तलब दिएन । साथै खाने व्यवस्थासमेत पनि गरेको छैन । अहिले बिजोग छ । ’’

उनीहरूलाई कम्पनीले ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद क्युबिदा कम्पनीलाई ताकेता गरे पनि उनीहरूले टेरेका छैनन् ।

‘‘हामीहरूले दूतावासमा कुरा गर्दा म्यानपावर देखाउँछ । म्यानपावरले गर्छु भन्छ तर, खाना पनि पठाउँदैन । आधा चामल र आधा खबुज मिलाएर कहिलेकाँही खाइरहेका छौँ । बअ त खबुज किन्ने पैसासमेत छैन,’ जाजरकोटका कृष्ण विकले भन्छन् ।

दूतावासले रोजगारदाता कम्पनी र म्यानपावर कम्पनीलाई तत्काल खानाको व्यवस्था गर्न अनुरोध गरेको थियो । तर, मानेको छैन । तलब नपाएपछि उनीहरूले १ अप्रिलदेखि काम छाडेका छन् ।

कम्पनीमा दुई वर्षदेखि कार्यरत कामदारलाई पनि आइडी कार्ड दिइएको छैन । गुल्मीका खिमबहादुर ओलीले २० महिना काम गर्दा पनि कम्पनीले आइडी कार्ड नदिएको बताएका छन् ।

कम्पनीसँग तलब माग्दा उल्टो धम्की दिइएको अक्टोबर १५ मा कतार पुगेकी पार्वती कुँवरको गुनासो छ ।

उनी भन्छिन्, ‘‘तलब माग्दा भोलि–भोलि भन्दाभन्दै ६ महिना पुर्‍यायो । अहिले त पैसा माग्यो कि कामदारविरुद्ध उजुरी गर्छु भनेर उल्टो हामीलाई धम्क्याउँछ । प्रहरी लगाइदिन्छौँ भन्छ ।’’ अक्टोबर १६ देखि अप्रिल १ सम्म अलबिदा पार्कमा क्लिनरको काम गर्दा १२ सय ३१ रियाल मात्र तलब पाएको बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved