मधेशका मुख्यमन्त्री यादवले चौथो पटक विश्वासको मत लिंदै

नेपालभ्युज

मधेशका मुख्यमन्त्री यादवले  चौथो पटक विश्वासको मत लिंदै

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार  विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि वैशाख ४ गते दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको सभामुख रामचन्द्र मण्डलले बताए ।

केन्द्रमा समीकरण फेरिएपछि मधेश सरकारबाट चैत ५ गते   बाहिरिएको कांग्रेसले चैत ९ गते  सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । कांग्रेस बाहिरिएपछि एमाले सरकारमा सहभागी भएको थियो ।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री यादवले १५ महिनामा  चौथो पटक विश्वासको मत लिन लागेका हुन्  ।

प्रदेशसभामा एमालेका सभामुखसहित २४, नेपाली कांग्रेसका २२, जसपाको १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९–९, एकीकृत समाजवादीका ७ , नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका १–१ र एक स्वतन्त्र सांसद छन् ।

प्रदेशसभामा जम्मा १०७ सदस्य रहेका छन्  । सरकार गठनका लागी ५४ जना सांसदको समर्थन  आवाश्यक पर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved