माधवको ब्रिफिङ : प्रचण्ड-ओलीले सहमति तोडे

नेपालभ्युज

माधवको ब्रिफिङ : प्रचण्ड-ओलीले सहमति तोडे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा सहमतिको पालना नभएको ब्रिफिङ गरेका छन् ।

सोमबार पार्टी मुख्यालय, आलोकनगर काठमाडौंमा बसेको सचिवालय बैठकमा उनले यस्तो ब्रिफिङ गरेका हुन् । “प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीले हामीसँग गरेको सम्झौता पालना गर्नुभएन,” अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै उपमहासचिव जगन्नाथ खतिवडाले भने ।

अगाडि उनले भनेका छन्, “केन्द्र र प्रदेश सरकार सञ्चालनमा उहाँहरू एकलौटी ढङ्गले अघि बढ्न खोजेको देखियो । यो सरकार ढाल्न इशारा नै काफी छ । तर, अहिले नै हामी त्यसतर्फ लाग्दैनौँ ।”

यसअघि गठबन्धनमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति बनेको थियो । तर, आइतबार प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिने सहमति गरेपछि अध्यक्ष नेपाल (Madhav nepal) बिच्किएका हुन् ।

बिच्कियो एकीकृत समाजवादी, गठबन्धन ‘अशान्त’

एकीकृत समाजवादीले नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नाउपाको रेशम चौधरी पक्षको वैकल्पिक गठबन्धनलाई समर्थन दिएको छ । सत्ता गठबन्धनमा भने सुदूरपश्चिममा केन्द्रीय गठबन्धनअनुसारकै सरकार बनाउने र त्यसमा नाउपाको रञ्जिता श्रेष्ठ चौधरी पक्षका कैलाश चौधरीलाई समर्थन गर्ने सहमति बनेको थियो ।

तर, त्यसविपरीत एकीकृत समाजवादीले वैकल्पिक गठबनधनका तर्फबाट मुख्यमन्त्रीको दाबी गरेका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved