गण्डकी बोर्डिङको रुख काटेर बेचेको आरोपमा प्रधानाध्यापकसहित ८ जनाविरुद्ध मुद्दा

नेपालभ्युज

गण्डकी बोर्डिङको रुख काटेर बेचेको आरोपमा प्रधानाध्यापकसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौं । विद्यालय परिसरभित्र रहेका रूख काटेर बिक्री गरेको आरेपमा गण्डकी बोर्डिङ स्कूलका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

प्रचलित वन ऐनविपरित विद्यालय परिसरमा रहेको रुख काटेर बिक्री गरेको भन्दै डिभिजन वन कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको हो ।

सार्वजनिक गुठी सञ्चालन गरेको विद्यालयमा खेलकुद ग्राउण्ड, छात्राबास र स्कूलको कम्पाउण्डसँग जोडिएका सिसौ, सल्ला लगायतका विभिन्न २५ वटा रूख काटिएको निवेदनमा उल्लेख छ ।

मुद्दामा प्रधानाध्यापक वीरेन्द्र खड्का, पोखरा–१६ का खड्कासहित लोकबहादुर थापा, सोनी गुरुङ थापा, कृष्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, रामप्रसाद लामिछाने र शुक्लागण्डकी-९ का यज्ञराज शर्मालाई प्रतिवादी बनाइएको छ ।

अनुसन्धान गर्दा वन नियमावली, २०७९ अनुसार प्रक्रिया पूरा नगरिएको पाएको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए ।

ऐनको दफा ५० को उपदफा १४ बमोजिम बिगो असुल गरी १० हजार जरिवाना तथा ६ महिनासम्म कैद सजायको मागदावी गर्नै डिभिजन वन कार्यालय कास्कीले चैत २७ गते जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved