हाजिरी जमानीमा छुटे नेशनल मेडिकल कलेजका एमडी र ल्याब प्रमुख

नेपालभ्युज

हाजिरी जमानीमा छुटे नेशनल मेडिकल कलेजका एमडी र ल्याब प्रमुख

काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह रिहा भएका छन् ।

म्याद गुज्रिएका सामग्री प्रयोग गर्ने गरेको गुनासो आएपछि अनुसन्धान थालेको प्रहरीले चैत २६ गते कलेजमा छापा मार्दै उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदातल पर्साले २ दिनको म्याद दिएर अनुसन्धानका लागि अनुमति दिएको थियो ।

बुधबार उनीहरु दुवैलाई हाजिरी जमानीमा छाडिएको पर्सा प्रहरीका प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved