अचेत अवस्थाका युवकलाई बसले सडकमा छाड्यो, अस्पताल पुर्याएलगत्तै मृत घोषित

नेपालभ्युज

अचेत अवस्थाका युवकलाई बसले सडकमा छाड्यो, अस्पताल पुर्याएलगत्तै मृत घोषित

झापा। झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा बुधवार बिहान यात्रुवाहक बसले बेहोस अवस्थामा झारेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

बिहान करिव ११ बजे कनकाई नगरपालिका ७ दुर्गापुरस्थित पूर्वपश्चिम राजमार्गको पश्चिम बस स्टेण्डमा नामथर र ठेगाना नखुलेका अन्दाजी २२ बर्षिय युवकलाई को १ ख ६०९८ नम्बरको साइमन यातायातको बसले सडकमा झारेर भागेको थियो ।

अचेत अवस्थामा रहेका ती युवक धेरै बेरसम्म बस स्टेण्डमै अडेस लागिरहेको पाइएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उपचारका लागि बिर्तामोडमा रहेको बिर्तासिटी अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको झापा प्रहरीले जनाएको छ ।

यात्रुलाई अलपत्र छाड्ने बसबारे प्रत्यक्षदर्शी तथा सडक आसपास रहेका सीसी टिभीको माध्यमबाट पत्ता लगाएको बताउँदै प्रहरीले सो बारे थप अनुसन्धान सुरु भएको जनाएको छ । युवकको शवलाई पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved