दोहोरो अंकले घटेसँगै बन्द भयो यो वर्षको नेप्से 

नेपालभ्युज

दोहोरो अंकले घटेसँगै बन्द भयो यो वर्षको नेप्से 

काठमाडौं । दोहोरो अंकले घटेसँगै यो वर्षको सेयर बजार बन्द भएको छ । आज नेप्से परिसूचक १० दशमलव ७१ अंकले घटेर २०२५ दशमलव ३०को विन्दुमा पुगी २०८० सालको सेयर कारोबार बन्द भएको हो ।

भोलि मुस्लिम समुदायहरूको इद पर्व रहेकाले सरकारले सार्वजनिक बिदा दिएको छ । जसको कारण बिहीबार सेयर कारोबार बन्द रहनेछ । यो सँगै अबको सेयर कारोबार अर्को वर्ष अर्थात् आइतबार (२०८१ सालमा) मात्र हुने भएको छ ।

वर्षको कारोबारको अन्तिम दिन ३०८ कम्पनीको ६१ हजार ४ सय २० पटकको कारोबारमा ८६ लाख ९६ हजार ९ सय १८ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम ३ अर्ब ४८ करोड ९६ लाख ६० हजार ६ सय ४० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९६ अंकले घटेर ३५८ दशमलव १९ को विन्दुमा पुगेको छ । आज हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चर समूहको भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved