गण्डकी सरकारविरुद्ध सर्वोच्चमा रिट, मुख्यमन्त्रीमा अधिकारीको नियुक्ति बदरको माग

नेपालभ्युज

गण्डकी सरकारविरुद्ध सर्वोच्चमा रिट, मुख्यमन्त्रीमा अधिकारीको नियुक्ति बदरको माग

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् ।

रिटमा अधिकारीसहित प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताललगायतलाई विपक्षी बनाइएको छ ।

रिटमा सर्वोच्चले बुधबारलाई पेसी तोकेको छ ।

रिटमा संविधानको धारा २६६ उपधारा २ अनसार प्रदेश प्रमुखले आफ्नोनो काम, कर्तव्य र अधिकार प्रयोग गर्दा तत्कालीन मुख्यमन्त्रीको सल्लाह र सहमति लिनुपर्ने व्यवस्था बेगर असंवैधानिक तरिकाले अधिकारीलाई मुख्यमन्त्री बनाएको जिकिर गरिएको छ।

सभामुखसहितको हस्ताक्षरमा बहुमत देखाएर अधिकारी सोमबार मुख्यमन्त्री बनेका हुन् ।

गण्डकी प्रदेशका सभामुखको हस्ताक्षरसहितको दाबी सदर नगर्न भन्दै पाण्डेले प्रदेश प्रमुखको ध्यानाकर्षण समेत गराएका थिए ।

तर, अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि पाण्डे सरकार गठनको प्रक्रियामा प्रश्न उठाउँदै मंगलबार सर्वोच्च पुगेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved